वैदिकपाटी (ब्लग)

शास्त्रमा मूर्तिपूजा छ कि छैन?

मूर्तिपूजा शास्त्रसम्मत छ। तर हाम्रो निम्ति अनिवार्य छैन। वास्तवमा युग-धर्म अनुसार हाम्रो साधनामा उपयोगी पनि छैन। किनकि प्रकट या बाहिरी मूर्तिपूजामा विधिहरू छन्। जब बाहिरी मूर्तिपूजा गर्दा पनि मानस पूजा अनिवार्य हो, अनि मानस पूजामा कुनै नियम छैनन्, अनि मानस पूजाबाट नै लाभ मिल्ने हो भने मानस पूजा नै किन नगर्ने?

विस्तारशास्त्रमा मूर्तिपूजा छ कि छैन?

मन्दिर, कुल पूजा आदिमा गरिने पशु हत्या धार्मिक अपराध हो।

यदि तपाईँले गर्ने गरेको कुलदेवताको पूजामा पशुको हत्या हुन्छ भने या त त्यो पूजा आयोजना गर्ने पुजारी एवं अन्य आफन्तलाई सम्झाएर पूजालाई सात्त्विक बनाउनुहोस्। यदि यसो गर्न अरूले मानेनन् भने तुरुन्तै त्यो पूजालाई त्यागिदिनुहोस्। किनकि त्यो अधर्म हो। कुलदेवताले अनिष्ट गर्लान् भन्ने चिन्ता नलिनुहोस्।

विस्तारमन्दिर, कुल पूजा आदिमा गरिने पशु हत्या धार्मिक अपराध हो।

के सम्प्रदायमा आबद्ध हुनु अनिवार्य हो? दीक्षा र मन्त्र-जपको रहस्य के होला?

सम्प्रदायलाई होइन, वास्तविक गुरुलाई अपनाउनुहोस्। वास्तविक महापुरुष कुनै सम्प्रदायभित्रकै हुनुपर्छ भन्ने होइन। गुरु हुनको निम्ति वेदशास्त्र अनुसार श्रोत्रिय र ब्रह्मनिष्ठ हुनुपर्छ। कुनै श्रोत्रिय, ब्रह्मनिष्ठ गुरुसँग आबद्ध हुनुहोस् र उहाँले बताउनुभएको साधना गर्नुहोस्। अवश्य लाभ मिल्नेछ।

विस्तारके सम्प्रदायमा आबद्ध हुनु अनिवार्य हो? दीक्षा र मन्त्र-जपको रहस्य के होला?

सद्‍गुरु कसरी मिल्नुहुन्छ?

एकातिर शास्त्रमा बताइएको छ कि गुरु बिना त हाम्रो काम नै बन्दैन। अर्कोतिर वास्तविक महापुरुष अर्थात्, श्रोत्रिय, ब्रह्मनिष्ठ महापुरुषलाई हामी चिन्न नै सक्दैनौँ। चिन्नै नसकेपछि कसरी गुरु बनाउने? यसको समाधान के हो त?

शास्त्रमा एउटा रहस्य बताइएको छ। त्यो के हो भने, वास्तविक महापुरुष भगवान्‌को कृपाद्वारा नै मिल्छ।

विस्तारसद्‍गुरु कसरी मिल्नुहुन्छ?

लसुन प्याज सेवन गर्न मिल्छ कि मिल्दैन?

कैयौँ व्यक्तिहरू माछा मासु खाँदैनन्, लसुन, प्याज खाँदैनन्, तै पनि पनिर चिल्ली खान्छन्। केको निम्ति? स्वादको निम्ति। यो गलत हो। त्यसमा पनि अझ केही त यस्ता परिकारहरू बनाएर खान्छन् जसको स्वाद मासुजस्तै हुन्छ। त्यसैबाट मासुको तलतल मेट्छन्। यो झन् गलत हो। कैयौँ माछा मासु नखाएको, लसुन प्याज नखाएको अहङ्कार गर्छन् र अरूलाई होच्याउँछन्। यो पनि गलत हो। अहङ्कार हुनासाथ साधना नष्ट हुन्छ।

विस्तारलसुन प्याज सेवन गर्न मिल्छ कि मिल्दैन?

जातीयताको जरो पश्चिमी समाज हो।

जातीय भेदभावलाई अङ्ग्रेजीमा रेसियल डिस्क्रिमिनेसन भनिन्छ। इन्टरनेटमा गएर खोज्नुभयो भने पनि पाश्चात्य जगत्‌मा रेसियल डिस्क्रिमिनेसनको नाममा विगतमा भएका असङ्ख्य अत्याचारहरू पाउनुहुन्छ। यही रेसियल डिस्क्रिमिनेसनलाई नेपालीमा अनुवाद गर्दा जातीय विभेद भएको हो। यस प्रकार जातीय विभेदको सोचाइको उत्पत्ति नै अङ्ग्रेजी भाषाबाट भएको हो।

विस्तारजातीयताको जरो पश्चिमी समाज हो।

श्रीकृष्ण ठुला कि शिवजी?

सबै अवतारहरू परस्पर एक भएकाले अवतारहरूमा कुनै पनि भेदभाव हुँदैन। यदि कसैले अवतारहरूमा भेदभावको दृष्टि राख्छ भने, उसको भक्ति शून्य हुन जान्छ। किनकि अवतारहरूमा भेदभाव राख्नु नामापराध हो।

विस्तारश्रीकृष्ण ठुला कि शिवजी?

काम गर्ने बेलामा पनि भगवान्‌मा मन कसरी लगाइराख्ने?

हामी आफै हिसाब गर्न सक्छौँ। हाम्रो कमाइबाट कति प्रतिशत परिवार, छोराछोरीमा खर्च गर्‍यौँ अनि कति प्रतिशत गुरुको निम्ति, भगवान्‌को निम्ति खर्च गर्‍यौँ? यदि मनन गर्‍यौँ भने यसैबाट थाहा हुन्छ कि हाम्रो स्थिति के छ।

विस्तारकाम गर्ने बेलामा पनि भगवान्‌मा मन कसरी लगाइराख्ने?

सनातन हिन्दु धर्म को ‘राधे–राधे’ अभिवादन किन?

जसरी एउटा पियक्कड पिउनको लागि बहाना खोज्छ, त्यसै गरी एउटा भक्त साधक पनि भगवान्‌को स्मरण गर्नको निम्ति बहाना खोज्छ। त्यसैले अभिवादन गर्दा पनि भगवान्‌को नाम लिने गरिन्छ। ताकि भगवान्‌को स्मरण भइरहोस्।

विस्तारसनातन हिन्दु धर्म को ‘राधे–राधे’ अभिवादन किन?

वैतरणी नदी र विरजा नदी

वैतरणी नदी र विरजा नदी एकै होइनन्। वैतरणी नदी नरक पुग्नु अघि आउने नदी हो भने विरजा नदी मायिक क्षेत्र र ईश्वरीय क्षेत्रको सन्धि हो। अर्थात्, विरजा नदी पार गरेपछि भगवान्‌को धाम प्रारम्भ हुन्छ।

विस्तारवैतरणी नदी र विरजा नदी

सनातन धर्मका वैदिक दर्शनहरू

वैदिक दर्शनमा छ वटा दर्शनहरू छन्। मीमांसा, न्याय, वैशेषिक, पातञ्जल, साङ्ख्य र वेदान्त दर्शन। यी सबै दर्शनले वेदलाई सर्वोच्च प्रमाण मान्दछन्। यिनीहरूमा पनि केही ईश्वरवादी छन् भने केही अनीश्वरवादी छन्।

विस्तारसनातन धर्मका वैदिक दर्शनहरू

स्वामी श्री रामदासजीलाई युट्युबमा हेर्नुहोस्।

स्वामी रामदासजीका भिडियोहरू नियमित रूपमा हेरेर, हामी भगवान्‌सँग हाम्रो सम्बन्धको बारेमा राम्रोसँग जान्न सक्छौँ। उहाँको उपदेश सुनेर हामीलाई भौतिकवादी लक्ष्यहरूभन्दा माथि उठेर उच्चतम लक्ष्य लिएर बाँच्न प्रेरित गर्छ।

विस्तारस्वामी श्री रामदासजीलाई युट्युबमा हेर्नुहोस्।

ज्ञानयाेग, कर्मयाेग र भक्तियाेग

वेदमा तीन वटा काण्डहरू छन्– कर्म, ज्ञान र भक्ति। योगको चर्चा ज्ञान अन्तर्गत नै गरिएको छ। त्यसैले तीन वटा मार्गहरू छन्। अब यी तीन वटा मार्गहरूका बारेमा हामीले केही कुरा जान्न आवश्यक छ।

विस्तारज्ञानयाेग, कर्मयाेग र भक्तियाेग

एकादशी व्रत बस्ने कि नबस्ने?

चार छाक भोजन छोड्नुपर्छ। अघिल्लो दिनको साँझको छाक, व्रतको दिनको दुवै छाक, अनि भोलिपल्टको पनि साँझको छाक। यस प्रकारले भोजन परित्याग गर्न के हामीलाई सम्भव छ? छैन। तर शास्त्रमा यदि कसैले यस प्रकार भोजनको परित्याग गरेन भने निकै ठुलो पाप लाग्छ भनिएको छ। शास्त्रमा एकादशीको दिन भोजन गर्नु गाईको मासु खाए जत्तिकै पाप हो भनिएको छ र यो पापको कुनै पनि प्रायश्चित छैन पनि भनिएको छ।

विस्तारएकादशी व्रत बस्ने कि नबस्ने?