सनातन धर्ममा जीवको कल्याणको निम्ति अनेक कुराहरू बताइएका छन्। शास्त्रमा परस्पर बिरोधी कुराहरू पनि गरिएका छन्। ठूलाठूला विद्वानहरू पनि वेदशास्त्रको मर्म बुझ्न नसकेर अल्झिने गर्छन्। वेदशास्त्रको सारस्वरूप जुन ज्ञान श्री गुरुदेवले प्रकट गरिदिनुभयो, त्यसलाई यहाँ सारको रूपमा प्रस्तुत गरिएको छ।
शास्त्रको वास्तविक ज्ञान त वास्तविक गुरुको शरणमा गएर नै हुन सक्छ। तथापि जबसम्म वास्तविक महापुरुष प्राप्त हुँदैन, तबसम्मको लागि यस सिद्धान्त–सारबाट अवश्य लाभ मिल्नेछ।