आचार्यं मां विजानीयान्नावमन्येत कर्हिचित्। न मर्त्यबुद्ध्याऽसूयेत सर्वदेवमयो गुरुः॥
हे परम प्रियतम पूर्णतम पुरुषोत्तम श्री कृष्ण! तुम से विमुख होने के कारण अनादिकाल से हमने अनन्तानन्त दु:ख पाये एवं पा रहे हैं। पाप करते करते अन्तःकरण इतना मलिन हो चुका है कि रसिकों द्वारा यह जानने पर भी कि तुम अपनी भुजाओं को पसारे अपनी वात्सल्यमयी-दृष्टि से हमारी प्रतीक्षा कर रहे हो, तुम्हारी शरण में नहीं आ पाता।
हे अशरण शरण! तुम्हारी कृपा के बिना तुम्हें कोई जान भी तो नहीं सकता। ऐसी स्थिति में, हे अकारण करुण! पतितपावन श्रीकृष्ण! तुम अपनी अहैतुकी कृपा से ही हमको अपना लो।
हे करुणा सागर! हम भुक्ति-मुक्ति आदि कुछ नहीं माँगते, हमें तो केवल तुम्हारे निष्काम प्रेम की ही एकमात्र चाह है।
हे नाथ! अपने विरद की ओर देखकर इस अधम को निराश न करो।
हे जीवनधन! अब बहुत हो चुका, अब तो तुम्हारे प्रेम के बिना यह जीवन मृत्यु से भी अधिक भयानक है। अतएव
साकेत बिहारी श्री राघवेन्द्र सरकार की जय। वृन्दावन बिहारी श्री यादवेन्द्र सरकार की जय। श्रीमद्सद्गुरु सरकार की जय।
जय जय श्रीराधे जय जय श्रीराधे जय जय श्रीराधे।
युगल सरकार की आरती
आरती प्रीतम, प्यारी की, कि बनवारी, नथवारी की। म प्रियतम श्यामसुन्दर र प्यारी श्रीकिशोरीजीको आरती गर्छु।
दुहुँन सिर कनक-मुकुट झलकै, दुवैका शिरमा सुनका मुकुट झल्किरहेका छन्। दुहुँन श्रुति कुण्डल भल हलकै, दुवैका कानमा सुन्दर कुण्डल हल्लिइरहेका छन्। दुहुँन दृग प्रेम-सुधा छलकै, दुवैका आँखामा प्रेमामृतको रस छचल्किरहेको छ। चसीले बैन, रसीले नैन, गँसीले सैन, दुहुँन मैनन मनहारी की॥१॥ दुवैको वाणी अत्यन्त मधुर छ, दुवैका आँखा अत्यन्त सरस छन्। दुवैको कटाक्ष अत्यन्त तीक्ष्ण छ। दुवै कामदेवको मनलाई समेत हर्ने वाला हुनुहुन्छ।
दुहुँनि दृग चितवनि पर वारी, म दुवैको पारस्परिक हेराइप्रति बलिहार जान्छु। दुहुँनि लट-लटकनि-छवि न्यारी, दुवैको घुँगुरिएको कपालको छटा अत्यन्तै अनुपम छ। दुहुँनि भौं-मटकनि अति प्यारी, दुवैका आँखीभौँका चालका रीति अत्यन्तै आकर्षक छन्। रसन मुख पान, हँसन मुसकान, दसन दमकान, दुहुँनि बेसर छवि न्यारी की॥२॥ दुवैको मुखमा पानको रस छ। दुवैको हँसाइ एवम् मुस्कुराहट मनमोहक छ। दुवैका दाँतका चमक अत्यन्त सुन्दर छन्। दुवैका बुलाकीको सुन्दरता त झन् अत्यन्तै विलक्षण छ।
एक उर पीताम्बर फहरै, श्रीश्यामसुन्दरको वक्षस्थलमा पीताम्बर फहराइरहेको छ। एक उर नीलाम्बर लहरै, श्रीकिशोरीजीको श्रीअङ्गमा नीलाम्बर लहराइरहेको छ। दुहुँन उर लर-मोतिन छहरै, दुवैको वक्षस्थलमा मोतीका झुप्पाहरू झुमिरहेका छन्। कंकनन खनक, किंकिनिन झनक, नूपुरन भनक, दुहुँन रुनझुन धुनि प्यारी की॥३॥ दुवैका कङ्कण (बाला), दुवैका किङ्किणी एवम् दुवैका पाउजु आदि आभूषणको रुनझुन ध्वनि अत्यन्तै मनोहर छ।
एक सिर मोर-मुकुट राजै, श्रीश्यामसुन्दरको शिरमा मयूरपङ्खी मुकुट सुशोभित छ। एक सिर चूनरि-छवि छाजै, श्रीकिशोरीजीको शिरमा सुन्दर चुनरी शोभायमान छ। दुहुँन सिर तिरछे भल भ्राजै, दुवैका शिर ढल्किएर परस्पर जोडिएर शोभा दिइरहेका छन्। संग ब्रज-बाल, लाडि़ली-लाल, बाँह गल डाल, ‘कृपालु’ दुहुँन दृग चारी की॥४॥ श्रीकृपालुजी भन्नुहुन्छ– श्यामसुन्दर र किशोरीजीले परस्पर गलामा हात राख्नुभएको छ। नजिकै व्रजाङ्गनाहरू उभिएका छन् एवम् प्रियाप्रियतम एकअर्कातिर कर्के नजरले हेरिरहनुभएको छ।
जगद्गुरु श्री कृपालु महाप्रभु की आरती
जयति जगद्गुरु गुरुवर की, गावो मिलि आरती रसिकवर की।
(हाम्रा) गुरुवर जगद्गुरु श्री कृपालु महाप्रभुको जय होस्। (सबै जना) मिलेर रसिकवरको आरती गाऔँ।
श्री गुरुदेव ‘भक्तियोग’ (अर्थात् राधा रानी) र ‘रस’ (अर्थात् श्रीकृष्ण)को अति नै सुन्दर अवतार हुनुहुन्छ। (उहाँले) वेदशास्त्रको सुन्दर समन्वय गर्नुभएको छ।
श्यामा-श्याम नाम, रूप, लीला, गुण, धाम, बाँटि रहे प्रेम निष्काम बिनु दाम।
(उहाँले) राधाकृष्णको नाम, रूप, लीला, गुण र धामको (सङ्कीर्तन गराउँदै) बिनादाम निष्काम प्रेम बाँडिरहनुभएको छ।
हो रही सफल काया नारी नर की, गावो मिलि आरती रसिकवर की॥३॥
(श्री गुरुदेवको अनुकम्पाले) नरनारी सबैको मानव देह सफल भैरहेको छ। (सबै जना) मिलेर रसिकवरको आरती गाऔँ।
लली लाल लीला का सलोना सुविलास, छाया दिव्य दृष्टि बिच प्रेम का प्रकाश।
(श्री गुरुदेवमा) राधाकृष्णका लीलाहरूको सुन्दर विलास झल्किन्छ। दिव्य दृष्टिले हेर्दा (उहाँ) प्रेमको प्रकाश प्रतीत हुनुहुन्छ।
वैसा ही विनोद वही मंजु मृदु हास, करें बस बरबस उच्च अट्टहास।
त्यस्तै (राधाकृष्णको जस्तै) विनोद (गर्नुहुन्छ), त्यस्तै सुन्दर मधुर हाँसो (छ)। (उहाँको) उच्च अट्टहासले मनलाई (खिचेर) जबरजस्ती वशमा राख्छ।
झूमि चलें चाल वही नटवर की, गावो मिलि आरती रसिकवर की॥४॥
(श्री गुरुदेवको) झुम्दै-झुम्दै हिँड्ने जुन चाल छ, त्यो (पनि) नटवर श्रीकृष्णको जस्तै छ। (सबै जना) मिलेर रसिकवरको आरती गाऔँ।
श्रीराधा रानीका प्रियतम नै मेरा प्रियतम हुनुहुन्छ। एवम् राधा रानीका स्वामी नै मेरा स्वामी हुनुहुन्छ। त्यसमा पनि (गुरुबाट जीवको विशेष स्वार्थ सिद्ध हुने भएकाले मेरो निम्ति) मेरा कृपालु जगद्गुरु, अझै महान् हुनुहुन्छ।
गुरुदेव सदैव श्रीकृष्णको भजन गर्नुहुन्छ भने श्रीकृष्ण गुरुदेवको भजन गर्नुहुन्छ। सिद्धान्त अनुसार गुरुदेव र श्रीकृष्णमा कुनै भेद छैन तापनि शास्त्रमा गुरुदेवलाई नै उच्च स्थान दिइएको छ।
गुरुदेव साक्षात् भगवान् हुनुहुन्छ। उहाँले नै हाम्रो हृदयमा ज्ञानको दीप प्रज्ज्वलित गर्नुहुन्छ। यस्ता भगवत्स्वरूप सद्गुरुमा मनुष्यको भावना राख्ने जीवको साधना हात्तीको स्नान समान व्यर्थ हुन्छ।
एष वै भगवान् साक्षात् प्रधान पुरुषेश्वरः। योगेश्वरैर्विमृग्यांघ्रिर्लोकोऽयं मन्यते नरम्॥
गुरुदेव साक्षात् भगवान् हुनुहुन्छ। ठुला-ठुला योगीश्वरहरू जुन प्रकृति र पुरुषको अधीश्वर श्रीभगवान्को चरणकमलको ध्यान गर्छन्, उनै स्वयम् भगवान् नै गुरुको रूपमा प्रकट हुनुहुन्छ। उहाँलाई व्यक्तिहरू भ्रमवश मनुष्य मान्दछन्।
यमुना निकट तटस्थित वृन्दावन कानने महारम्ये, कल्पद्रुमतलभूमौ चरणं चरणोपरिस्थाप्य।
श्री यमुनाजीका तटमा अवस्थित वृन्दावनको कुनै अति रमणीय बगैँचामा कल्पवृक्षमुनि भुईँमा चरणमाथि चरण राखेर…
श्रीकृष्ण विराजमान हुनुभएको छ। जो नवीन बादल जस्तै श्याम वर्णको हुनुहुन्छ, पीताम्बर पहिरिनुभएको छ र सम्पूर्ण शरीरमा कपूर मिश्रित चन्दनको लेप लगाउनुभएको छ,…
जसका कानसम्म फैलिएका ठुला-ठुला आँखा छन्, कानमा सुन्दर कुण्डल लगाउनुभएको छ, मुखारविन्द मन्दमन्द मुस्कुराइरहेको छ, वक्षस्थलमा कौस्तुभ-मणियुक्त सुन्दर मालाहरू सुशोभित भइरहेका छन्,…
जसका कान्तिले गर्दा बाहुलीमा लगाइएका बाला र औँलामा लगाइएका औँठी आदि मनोहर गहनाहरूको कान्ति दोब्बर बढेको छ, जसका गलामा वनमाला झुलिरहेका छन्, जसले आफ्नो तेजका प्रभावद्वारा कलिकाललाई नष्ट गरिदिनुभएको छ,…
जसको गुञ्जावलि-अलङ्कृत मस्तकमा गुञ्जन गरिरहेका भमराहरू शोभायमान भइरहेका छन्, जो कुनै कुञ्जभित्र बसेर ग्वालबालहरूका साथ भोजन गरिरहनुभएको छ, त्यस्ता भगवान् श्रीकृष्णलाई सम्झेर नमस्कार गर।
जसले समस्त दिग्दिगन्तरलाई सुगन्धित तुल्याइराख्नुभएको छ, जो सयकडौँ कामधेनुभन्दा पनि सुन्दर गाईहरूद्वारा घेरिएर रहनुभएको छ, जसले देवताहरूको भय निवारण गर्नुभएको छ र भयानक असुरहरूलाई भयभीत तुल्याउनु भएको छ, त्यस्ता यदुनन्दन भगवान् श्रीकृष्णलाई सम्झेर नमस्कार गर।